मंसिर १७, सोलुखुम्बु । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका दानुरी शेर्पाले आफ्नो जन्मदिनका अवसरमा विद्यालयमा खेलकुदका सामाग्री उपलब्ध गर्नुभएको छ । गाउँपालिकाको वडा नम्बर ६ का शेर्पाले स्थानीय थामथोले इङ्ग्लिस बोर्डिङ स्कुल खिजिफलाटेलाई विभिन्न खेलकुद सामाग्री उपलब्ध गराउनुभएको विद्यालयले जनाएको छ ।
हाल वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहनुभएका शेर्पाले नेपाली ९ हजार ५ सय रुपैयाँ बराबरको विभिन्नखाले शैक्षिक सामाग्री वितरण गर्नुभएको विद्यालयले जनाएको छ । उक्त रकमबाट विद्यालयलाई दुईवटा मिकासा भलिबल, १ वटा फुटबल, ५ सेट लुडो, ८ वटा स्किपिङ सेट उपलब्ध गराइएको वडा अध्यक्ष राम सुनुवारले बताउनुभयो । खेलकुदका सामाग्री प्राप्त भएपछि विद्यार्थीहरूमा खुसी छाएको छ भने उनीहरूले शेर्पालाई जन्मदिनको शुभकामना समेत व्यक्त गरेका छन् ।
Discussion about this post