मंसिर १७, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–३ लोदिङ निवासी ३५ वर्षीया छोटी शेर्पाको प्रहरीले रक्तदान गर्दा ज्यान बचाएको छ । शेर्पालाई सुत्केरीको ब्यथा लागेपछी जिल्ला अस्पताल फाप्लुमा भर्ना गरिकोमा मर्छू वा बाच्चु भेनेर दोधारमा पर्नुभएकी शेर्पाको प्रहरीले रक्तदान गरेसँगै ज्यान बचाइएको हो ।
अप्रेसनपछि रक्तअभाव भएका कारण उहाँलाई ओ पोजेटिभ रक्तको तत्काल आवश्यकता परेको थियो । लगतै जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको समन्वयमा कारागार सुरक्षा गार्डमा कार्यरत प्रहरी सहायक हवल्दार सञ्जीव लिम्बुले अस्पतालमै पुगेर रक्तदान गर्नुभएको जनाइएको छ । लिम्बुको सहयोगका कारण सुत्केरी महिलाको स्वास्थ्यमा सुधार भएको प्रहरीले जनाएको छ ।
Discussion about this post