मंसिर १७, सोलखुुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ३ पञ्चनका चार सय बढी नागरिक घुम्ती शिविरबाट लाभान्वित भएका छन् । वडा कार्यालयको विभिन्न शाखाबाट प्रदान गएको सेवा मार्फत वडाका ४४८ जना नागरिक लाभान्वित भएका हुन् ।
वडा अध्यक्ष ईन्द्र मणि दाहालका अनुसार योजना सम्झौता ५ वटा र परामर्श सेवा २० जना, स्वास्थ्य उपचार परामर्श सेवा ६२ जना, स्वास्थ्य बिमा कार्ड ३१ जनालाई वितरण जस्मध्ये ३ घरपरिवारमा अपाङ्गता स्वास्थ्य विमा कार्ड वितरण गरिएको छ ।
यस्तै रक्त परीक्षण १ सय ७० जान, स्क्रिनिङ परीक्षण ११ जना, रिंग प्रेसर परिक्षण ३ जना, कृषि तथा पशु शाखाबाट औषधी वितरण ८१ जना, रोजगार शाखाबाट परामर्श सेवा १५ जना, महिला तथा बालबालिका शाखा मार्फत ज्येष्ठ नागरिक परिचय पत्र ५३ जनालाई वितरण र नो वाक्स औषधी २ जनालाई वितरण गरिएको छ ।
शिविरमा स्थानीयवासीले स्वास्थ्य, रोजगार, कृषि, र सामाजिक सुरक्षा सम्बन्धी विभिन्न सेवाहरू प्राप्त गरेका छन् । शिविरमा सहभागी सेवाग्राहीहरूले योजना, रोजगार, स्वास्थ्य, र महिला तथा बालवालिका सेवामा परामर्श र वितरणको सुविधा पाएको वडा कार्यालयले जनाएको छ ।
Discussion about this post