मंसिर १८, सोलुखुम्बु । सोलुुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ मा ३३ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वधार अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
गाउँपालिका तथा कारुणा फाउण्डेशन नेपालको आयोजनामा अपाङ्गहरु एक हौ, अपाङ्गताको हक र अधिकार सुनिश्चित गरौ भन्ने विविभ नाराका साथ वडामा प्रभातफेरी गरी दिवस मनाइएको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष राजेश किरातिले जानकारी दिनुभयो ।
नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार हुनसक्ने बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।
Discussion about this post