मंसिर १८, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा रहेको केदार माध्यमिक विद्यालयमा करिब ३ सय जना विद्यार्थीहरुले आँखा तथा दन्त सेवा लिएका छन् । सोलखुम्बुको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानले विद्यार्थी लक्षित शिविर जारी शिविर अन्तर्गत विद्यार्थीहरुले सेवा लिएका हुन् ।
विद्यालयमा सञ्चालन गरिएको दाँत र आँखाको समस्या पहिचान सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर फलदायी देखिएको केदार माध्यमिक विद्यायका शिक्षक एवंम सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।
उक्त शिविरबाट शिक्षक तथा विद्यार्थीहरुले दाँत तथा आँखा सम्बन्धी परीक्षण, परामर्श, र आवश्यक उपचार सेवा प्राप्त गरेको उहाँको भनाई छ । शिविरमा सेवारत स्वास्थ्यकर्मी एवं प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई विद्यालय परिवारले धन्यवाद व्यक्त गरेका छ ।
Discussion about this post