मंसिर १८, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ तामाखाीमा अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाइएको छ । अपाङ्गता मिलिजुली समूहको आयोजनामा “समावेशी तथा दिगो भविष्यको पूर्वाधार अपाङ्गता भएका व्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार” भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।
दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरूको सशक्तिकरण, समावेशिता र नेतृत्व विकासका विषयमा छलफल गरिएको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष ल्हाक्पा गेलु शेर्पाले जानकारी दिनुभयो ।
Discussion about this post