मंसिर १८, सोलुखुम्बु । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ७ वटै वडामा विश्व अपाङ्गता दिवस मनाईएको छ । ‘समावेशी तथा दिगो भविष्यको पूर्वधार अपांगता भएका व्यक्तिहरुको प्रवल नेतृत्व यसको आधार’ मूल नारासहित यस वर्षको अपाङ्गता दिवस मनाइएको हो ।
करुणा फाउण्डेशन नेपाल र गाउँपालिकाको आयोजनामा दिवस मनाइएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पिएस्पी चाम्लिङले जानकारी दिनुभयो ।
नेपालको संविधान, मौलिक हक, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन लगायतको प्रभावकारी कार्यान्वयनबाट मात्रै अपाङ्गता भएका व्यक्तिको जीवनस्तर सुधार हुनसक्ने कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् ।
संयुक्त राष्ट्रसङ्घले सन् १९८१ देखि अपाङ्गता भएका व्यक्तिहरूको हक, हित र अधिकार प्राप्तिका लागि अन्तर्राष्ट्रिय रूपमै अपाङ्ग दिवस मनाउँदै आइरहेको सन्दर्भमा ३ डिसेम्बर १९९२ देखि नेपालले पनि उक्त दिवस मनाउँदै आएको छ ।
Discussion about this post