सगरमाथा आरोहण गर्ने क्रममा दुई जना आरोही बेपत्ता भएका छन् । मङ्गोलियाका युखजर्गल सिडेनडम्बा र प्योरभिस्रन खाग्बाजाभ साेमबार बिहानदेखि हराइरहेका पर्यटन विभागका निर्देशक राकेश गुरुङले जानकारी दिनुभयो ।
उनीहरूकाे आरोहण व्यवस्थापन गर्ने कम्पनीले अहिले खाेजी गरिरहेकाे विभागले जनाएको छ । अहिले सगरमाथा आरोहण चलिरहेको छ । अझै झन्डै दुई हप्ता आरोहण चल्ने विभागले जनाएको छ । आरोहीहरूकाे संख्या बढे सँगै घाइते तथा बेपत्ता हुनेकाे संख्या पनि बढ्दाे छ ।
Discussion about this post