मंसिर २७, सोलुखुम्बु । होरिजन हिमालय एडभेन्चर्स ट्रेकिङ कम्पनीले सोलुखुम्बुको एक विद्यालयमा शैक्षिक तथा खेल सामाग्री वितरण गरेको छ । फाउण्डेसनले जिल्लाको सोलुसदुधकुण्ड नगरपालिका वडा नम्बर १ स्थित टाक्सिन्दु मा वि मा विभिन्न शैक्षिक तथा खेलकुदका सामाग्री वितरण गरेको हो ।
फाउण्डेसनले विद्यालय पुगेर विद्यार्थीका लागी स्टेसनरी विभिन्न सामाग्री सहित खेलकुदका सामाग्री वितरण गरेको जनाइएको छ । कपी, कलम, ब्याग लगायत खेलकुदका सामाग्रीहरू भलिबल, फुटबल व्याडमिन्टन सहित अन्य विभिन्न सामाग्री वितरण गरिएको फाउण्डेसनले जनाएको छ । विद्यालयमा शैक्षिक सामाग्री वितरण गर्दै फाउण्डेसनले शैक्षिक क्षेत्रमा विद्यार्थीहरूलाई सहयोग गर्दै उनीहरूका समस्या समाधान गरि प्रोत्साहन गरिरहेको फाउण्डेसनले जनाएको छ ।
Discussion about this post