Tuesday, August 4, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

१३ जना काँग्रेस सेनानीको एकै चिहान भएको टिम्बुरबोटे ओढार, ५० औँ स्मृति दिवस यसरी मनाईयो

Radio Everest by Radio Everest
December 16, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १, सोलुखुम्बु । यो घना जंगल । नेपाली राजनैतिक परिवर्तनको ऐतिहासिक स्थल टिम्बुरबोटे हो । जहाँ नेपाली काँग्रेसले अन्तिम शसस्त्र क्रान्ति गरेको थियो । यही ओढार हो जहाँ काँग्रेसका १३ जना सेनानीहरुले जीवनको बलिदानी दिएका थिए । वि.सं २०३१ साल पौष १ गते तत्कालिन राज्य पक्षका सेनाले गोली बर्षाउदा नेपाली काँग्रेसका १३ जना शहिदहरुको एउटै चिहान बनेको थियो ।

यो ओढार अमिट लोकतान्त्रिक ईतिहासको साक्षि बनेर बसेको छ । नेपाली काँग्रेसले लोकतन्त्रको पुनर्वाहलीको लागि राज्यको विरुद्ध शसस्त्र लडाई गरिरहेको थियो । राज्य पक्ष काँग्रेसका सेनाहरुलाई खोजी खोजी मारिरहेको थियो । त्यही क्रममा सोलुखुम्बुको तिंलामा रहेको टिम्बुरबोटे ओढारमा रहेकाहरुलाई गोली ठोकेर मार्यो । लोकतन्त्रको बहालि पछि पटक पटक नेपाली काँग्रेस सत्तामा पुग्यो । तर काँग्रेसलाई सत्तामा पुर्याउनकै लागि जीवन आहुती दिने, शहिद र यो जीवन्त ईतिहास बाकेको टिम्बुरबोटे सधैँ उपेक्षामा परिरह्यो । टिम्बुरबोटेमा ब्यवस्थित शहिद पार्क बनाउन राज्यले ठूलो बजेट विनियोजन गर्यो तर काम भने कागजमै सकियो, विचरा टिम्बुरबोटो ५० बर्षसम्म पनि जिउका तिउ छ ।

पौष १ गते टिम्बुरबोटे सहिद स्मृत सरोकार समाज नेपालले शहिदलाई सम्झने काम गरेको छ । सोही क्रममा यो बर्ष पनि जिल्लाका सरोकारवालाहरुलाई भेला गरेर कार्यक्रमको आयोजना गर्यो । अनि सहभागिहरुले उही टिम्बुरबोटेलाई ब्यवस्थित गर्ने आश्वासन दिए । यो काँग्रेसको मात्रै नभएर सिंगो लोकतान्त्रिक आन्दोलनको आस्था र ईतिहाँस बोकेको ओढार हो । यसको संरक्षण गर्नु सबैको दायीत्व हो । तर बर्षमा १ दिन सम्झन बाहेक अन्य ठोस काम हुन सकेको छ्रैन ।

तिंलाका स्थानीयले भने यसलाई ऐतिहाँसिक पर्यटकीय स्थल बनाउनु पर्नेमा जोड दिएका छन् । घना जंगलको बाटो छिचोलेर टिम्बुरबोटेमा शहादत प्राप्त गरेका प्रजातन्त्र सेनानीहरुको योदानलाई सम्झन पुगेकाहरु पनि यस क्षेत्रको विकासमा र संरक्षण्मा जोड दिएका छन् । बर्षमा १ दिन सम्झिएर मात्रै शहिदप्रतिको अभिभारा पुरा हँुदैन । शहिदको सपना पुरा गर्न त लोकतान्त्रीक चरित्र ब्यवहार र विकास दुवैमा झल्किनु पर्छ । तब मात्र लोकतान्त्रिक र सम्पन्न नेपाल निर्माण गर्न सकिन्छ ।

टिम्बुरबोटे क्रान्तिका जिउँदा सहिद केशर थुलुङको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य तथा पूर्व मन्त्रि, नेपाली काँग्रेसका जिल्ला सभापति तथा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा, उपमेयर गान्धि माया तामाङ, नगर प्रवक्ता फुर्वा ग्याल्जेन शेर्पा, सरोकार समाजका उपाध्यक्ष रामचन्द्र कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा बोल्दै पूर्व मन्त्रि राजभण्डारीले टिम्बुरबोटेको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो । त्यस्तै मेयर शेर्पाले टिम्बुरबोटेलाई पार्क तथा संरक्षणका लागि आफुले ठोस योजना र चाडै यसको मुहार फेरिने बताउनुभयो । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष टंक कार्की, काग्रेस नेता सोलुका चन्द्र आचर्य लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

Previous Post

शेर्पा एड थ्रोआउट हिमालयनले गर्याे दुई सय बढी विद्यार्थीलाई ट्रयाक सुट वितरण

Next Post

व्यवसायिक हेलीकप्टर उडानमा रोक लगाउने निकुञ्जको निर्णय प्रति गाउँपालिकाको सहमति

Related Posts

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
0
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
0
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
0
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
0
Next Post
व्यवसायिक हेलीकप्टर उडानमा रोक लगाउने निकुञ्जको निर्णय प्रति गाउँपालिकाको सहमति

व्यवसायिक हेलीकप्टर उडानमा रोक लगाउने निकुञ्जको निर्णय प्रति गाउँपालिकाको सहमति

Discussion about this post

Everest Highlights

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

सल्लेरी— सुर्के सडकखण्डको टाक्सिन्दु क्षेत्रमा गुड्ने ठूला साधनलाई ५ हजार शुल्क, के हो वास्तविकता ?

August 3, 2026
 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

 नुनथला छिर्दी सडकको हाइड्रोका कारण हरिबिजोग, स्थानीय जुटेर गरे श्रमदान 

August 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

काठमाडौंमा सोताङ गाउँपालिकाको प्रशासनिक सेवा शिविर सुरु

August 3, 2026
सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

सोलुखुम्बुमा अपाङ्गता रोकथाम कार्यक्रमको प्रभाव : २ हजार ४४१ जनाको पहिचान, सयौँले पाए सेवा

August 3, 2026
काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

काठमाडौँमा लिखुपिके गाउँपालिकाको सेवा शिविर सुरु

August 3, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly