पौष ३, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्ला स्थित बरबोट आविको ६६ औ वार्षिक उत्सव भव्यताका साथ मनाईएको छ । बुधबार बरबोट आविका विव्यस अध्यक्ष मनिकुमार राईको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर गान्धि माया तामाङको प्रमुख आतिथ्यतामा बार्षिक उत्सव भव्यताका साथ मनाइएको हो ।
कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिककी उपमेयर गान्धि माया तामाङले आफ्नै टोलमा विद्यालय स्थापना गरेर बालबच्चाहरूलाई शिक्षित बनाउनका लागि सपना बोकेर अगाडी बढेका अग्रजहरुको सपना पुरा भएको बताउनुभएको छ । साथै उहाँले विद्यालयमा शैक्षिक गुणस्तर अभिवृदिका लागि नगरपालिका सदैव साथमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विं.स २०१६ सालमा स्थापना गरिएको थियो । विद्यालयको बार्षिक उत्सव कार्यक्रममा बरबोट आविका विव्यास अध्यक्ष मनिप्रसाद राईले विद्यालय स्थापना गर्न योगदान गर्नुभएका स्वर्गीय व्यक्तित्वहरू सम्झना गर्दै विद्यालयका निम्ति आफु दिन रात खटिरहेन प्रतिबद्धता व्यक्त गर्नुभयो । विद्यालयले विद्यार्थीहरुको उज्जवल भविष्यका लागि देउसी भैलो कार्यक्रम आयोजना गरि अक्षय कोष समेत स्थापना गरेको जनाइएको छ ।
Discussion about this post