पौष ४, सोलुखुम्बु । ओखलढुंगाबाट एक वर्षको अवधिमा करिब पाँच हजार युवा विदेशीएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा चार हजार ९ सय ५३ जना युवाहरु रोजागारका लागि विदेशीएका हुन् ।
वैदेशिक रोजगारीमा जानेहरुमा महिला ६८९ जना अर्थात १४ प्रतिशत रहेका छन् भने बाँकी पुरुष रहेका छन् । २४औं अन्तर्राष्ट्रिय आप्रवासन दिवस सन् २०२४ को अवसरमा सिद्विचरण नगरपालिका ओखलढुंगामा भएको सुचनामूलक प्रस्तुती तथा अन्तरक्रिया कार्यक्रममा उक्त विवरण बुधबार सार्वजनिक गरिएको थियो ।
Discussion about this post