पौष ९, सोलुखुम्बु । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख एवंम प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले रक्तदान गर्नुभएको छ । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ डाडाखर्क निवासी १६ बर्षकी मिङमा शेर्पालाई डिएसपी घिमिरेले रक्तदान गर्नुभएको हो ।
जिल्ला अस्पताल फाप्लुमा उपचाररत शेर्पा दिर्घरोगका कारण ए,बी पोजेटिभ रगत अभावमा छटपटाइरहेकी थिईन् । रगतको अभाव देखिने भएको जानकारी भएसँगै डिएसपी घिमिरेले रक्तदान गरी जीबनदान गर्नु भएको जिल्ला अस्पताल फाप्लुका प्रमुख डाक्टर प्रशान्त शाहले जानकारी दिनुभयो ।
Discussion about this post