सोलुखुम्बु, पुस ९ । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमिति अन्र्तगतमा विभिन्न विभागमा सोलुखुम्बुका ८ जना मनोनित भएका छन् । कांग्रेसको विधान २०१७ दशौ संशोधन २०७८० को परिच्छेद ४ धारा १३ (११) क बमोजिम प्रदेश कार्यसमितिले जिल्लाका ८ जनालाई विभिन्न विभागका सदस्यमा मनोनित गरिएको पार्टीका प्रदेश सभापति उद्धव थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार सोलुखुम्बु नेलेका भारतबाबु कार्कीलाई जल, उर्जा तथा प्राकृतिक स्रोत विभागमा, फेराका हिरा विश्वकर्मा, महाकुलुङका शुभधन राई र सोताङका दिप राईलाई वन, वातावरण तथा विपद व्यवस्थापन विभाग र नेचासल्यानका राम बहादुर राउतलाई प्रदेश तथा स्थानीय निकाय विभागमा मनोनयन गरिएको छ ।
यस्तै सोताङका द्वारिका बस्नेतलाई भाषा साहित्य, कला तथा संस्कृति विभाग, गोराखानीका गेल्बु शेर्पालार्ई भातृ संघ समन्वय विभाग र केरुङका पासाङ तामाङ आदिवासी जनजाति विभागको सदस्य पदमा मनोनयन गरिएको नेपाली कांग्रेस प्रदेश कार्यसमितिले जनाएको छ ।
Discussion about this post