पौष ९, सोलुखुम्बु । स्वास्थ्य मन्त्रालय कोशी प्रदेशले जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिमा ४ जनालाई मनोनयन गरेको छ ।
स्वास्थ्य मन्त्रालय कोशी प्रदेशको गत मङ्सिर २६ गतेको निर्णयअनुसार जिल्ला अस्पताल फाप्लु व्यवस्थापन समितिको रित्त रहेका पदको सदस्यमा भानुभक्त उपाध्याय, मानबहादुर कटवाल, थिर बहादुर कार्की र सुजता तामाङलाई मनोनयन गरिएको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित जिल्ला समन्वय समिति प्रमुखको अध्यक्षता र अस्पताल प्रमुख सदस्य सचिव रहने गरी १३ जना कार्यसमिति रहने व्यवस्था रहेको छ । कोशी प्रदेश जनस्वास्थ्य ऐन २०७७ अनुसार सो सदस्यहरूको पदावधि ३ वर्षको रहने व्यवस्था रहेको छ ।
Discussion about this post