पौष १०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा “श्रमको सम्मान राष्ट्रको अभियान” कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम सेवा केन्द्र मुक्लीद्धारा श्रमको सम्मान राष्ट्रको अभियान रणनिति २०७८ एवंम एकिकृत श्रम तथा रोजगार सेवा कार्यविधि २०८० को दफा २० बमोजिम कार्यक्रम सञ्चालन गरिने भएको हो ।
अभियान कार्यक्रममा गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ मा प्रधानमन्त्री रोजगार कार्यक्रमको आयोजनाहरुको योजना सम्झौता समेत गर्ने भएको छ । यस अभियानलाई पालिकाका नौ वटै वडाहरुमा सञ्चालन गरिने थुलुङ दुधकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रसन्नदिप राईले जानकारी दिनुभयो ।
उहाँका अनुसार पौष ११ गते वडा नम्बर ९ मा, १२ गते वडा नम्बर ५, १३ गते वडा नम्बर ४, १५ गते वडा नम्बर ७, १६ गते वडा नम्बर ८, १७ गते वडा नम्बर ३, १८ गते वडा नम्बर २, १९ गते वडा नम्बर १ र २१ गते वडा नम्बर ६ मा कार्यक्रम सञ्चालन गरिने भएको हो । पालिका भित्र रोजगार उपभोक्ता समिति गठन गर्न बाकीँ भए यथाशिघ्र गठन गर्न गाउँपालिकाले आग्रह समेत गरेको छ । यस्तै मुलुकमा विद्यमान बेरोजगारी र गरिबीको समस्यालाई सम्बोधन गरी दिगो आर्थिक विकास हासिल गर्ननेपाल सरकारले काम र रोजगारीलाई उच्च प्राथमिकता प्रदान गरेको छ ।
नेपालको संविधानको धारा ३३ मा उल्लेखित रोजगारीको हक सम्बन्धी ऐन, २०७५ बमोजिम प्रत्येक नागरिकलाई न्यूनतम रोजगारीकोप्रत्याभूतिका लागि आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नेपाल सरकारले प्रधानमन्त्री रोजगारकार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
Discussion about this post