पौष १२, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा महिला स्वास्थ स्वयंसेविकाहरुलाई आयुर्वेद सेवा सम्वन्धी अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा महिला स्वास्थ स्वयंसेविकाहरुलाई एक दिने आयुर्वेद सेवा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो ।महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको संवाददाता झलक राईले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला आयुवर्दे स्वास्थ्य केन्द्र सोलुखुम्बुले प्रदान गर्दै आएका सेवाहरु बिरामी जाँच, प्रयोगशाला सञ्चालन, पुर्वकर्म सञ्चालन, परामर्श सेवा जेष्ठ नागरिक कार्यक्रम, स्तनपान आमाहरुलाई दुधबद्द्क औषधी वितरण, योग शिक्षा, जडिबुटी जेष्ठ नागरिकहरुले अमला आशोगन्ध महानारायण तेल दशमुलक तेल जेष्ठ नागरिकहरुलाई नि : शुल्क वितरण गरिएको जनाइएको छ । कार्यक्रममा पालिका भित्रका २४ जना महिला स्वयंसेविकाहरुको उपस्थित रहेको थियो ।
Discussion about this post