पौष १३, सोलुखुम्बु । पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार देशका धेरै स्थानमा आंशिकदेखि साधरणतया बदलीको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
Discussion about this post