पौष १५, सोलुखुम्बु । सोलुुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर २ कांगेलमा नेपाली कांग्रेसको १०० दिने विशेष अभियान अन्र्तगतको कार्यक्रम सम्पन्न भएको छ । पार्टीको वडा कार्यसमितिको आयोजनामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
पार्टीका वडा उपसभापति हिरामान राईको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवंम पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाको प्रमुख आतिथ्यता भएको अभियान सम्प्न्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा पार्टीको संगठन सुदृढीकरणका बिषयमा छलफल भएको नेपाल विद्यार्थी संघका कार्यबाहक सोलु जिल्ला अध्यक्ष मोहन कृष्ण निरौलाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा जिल्ला सभापति नाम्गेल जाङबु शेर्पा, जिल्ला समन्वय समितिका प्रमुख एवंम कांग्रेस नेता कृष्ण प्रसाद निरौला, थुलुङ दुधकोशीका लागि जिल्ला प्रतिनिधि चन्द्र आचार्य, कान्ति राज थुलुङ, नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन थापा तथा नेबिसंघ सोलुखुम्बुका अध्यक्ष नवीन बस्नेत लगायतले कार्यक्रममा आ–आफ्नो धारणा ब्यक्त गरेका छन् । थुलुङ दुधकोशीका नौ वटा वडामध्ये १, ६, ७ र ८ वडा बाहेक अन्य वडामा उक्त अभियान सम्पन्न भएको बताइएको छ ।
Discussion about this post