पौष १५, सोलुखुम्बु । दोर्पु नेवार समाजको २८ औँ साधारण सभा सम्पन्न भएको छ । सोमबार २८ औँ साधारण सभाबाट समाजको अध्यक्षमा पुनः बुद्धिनारायण श्रेष्ठ चयन हुनुभएको छ । आज सोमबार दोर्पू स्थित योङ स्टार क्लबको सभा हलमा सम्पन्न २८ औँ साधरणसभाले श्रेष्ठलाई तेश्रो कार्यकालका लागि अध्यक्षमा चयन गरेको जनाइएको छ ।
उपाध्यक्षमा खड्ग राजभण्डारी, सचिवमा राजकुमार श्रेष्ठ, कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ र उपसचिवमा राधिका राजभण्डारी चयन हुनुभएको समाजका सदस्य रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुने छ ।
सम्पन्न साधारण सभा कोशी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीको प्रमुख आतिथ्यतामा योङ स्टार क्लबको सभा हलमा सम्पन्न भएको हो ।
Discussion about this post