Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तोरी फलाउने केपिलासगढीका ५३५ किसानलाई अनुदान

Radio Everest by Radio Everest
December 31, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष १६, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिकामा तोरी फलाउने कृषकहरुले अनुदान पाएका छन् । किसानहरुले उत्पादन गरेको तोरीको प्रतिपाथी २५० रुपैयाँका दरले अनुदान रकम पाएका हुन् । आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत नीति तथा कार्यक्रम अन्तर्गत तोरी खेती प्रोत्साहन अनुदानमा ११ लाख १७ हजार ३ सय ५० रुपौयाँ रकम अनुदान पाएका छन् ।

गाउँपालिका कृषि शाखाका कृषि सहायक प्राविधिक कृष्ण बस्नेतका अनुसार फेदीका १४७ जना कृषकले ३ लाख ७० हजार २ सय रुपैयाँ, खार्तम्छाका ७२ जना कृषकले २ लाख १० हजार ७ सय ५० रुपैयाँ र बासपानीका ११० जना कृषकले दुई लाख ४ हजार ७ सय ५० रुपैयाँ अनुदान रकम पाएका छन् ।

यस्तै बाक्सिलाका ५९ जना कृषकले १ लाख ५० हजार रुपैयाँ, सप्तेश्वरका ४२ जना कृषकले ९१ हजार ५० रुपैयाँ, दिप्सुङका २५ जना कृषकले ५८ हजार ५सय रुपैयाँ र सुङदेलका १४ जना कृषकले ३२ हजार १ सय रुपैयाँ अनुदान पाएका हुन् । कृषि प्राविधिक र वडाका जनप्रतिनिधि घरघर पुगेर उत्पादित तोरीको मापन(तौलिएर) पाथी छुट्याएपछि उत्पादन वापतको अनुदान रकम वाँडिएको गाउँपालिका अध्यक्ष समिर राईले जानकारी दिनुभयो ।

गाउँपालिकालाई तेलमा आत्मनिर्भर बनाउन तथा तोरी उत्पादनमा किसानलाई प्रोत्साहन गर्ने लक्ष्यले अनुदान रकम वितरण गरिएको उहाँको भनाई छ । तोरी खेतीको क्षेत्र विस्तार गरी वातावरण सन्तुलन कायम गर्ने, गाउँपालिकाका कृषकको पहिचान गर्ने, कृषि कार्यक्रम तर्जुमामा सहजता ल्याउने, युवाहरुलाई कृषि क्षेत्रमा आवद्ध गराई स्थानीय रोजगारीको सिर्जना गर्न लगाउने उदेश्य रहेको गाउँपालिकाले जनाएको छ । यस आर्थिक बर्ष २०८१/०८२ का लागि ४८१ जना कृषकहरू सूचीकृत भएको र प्राविधिकहरुले स्थलगत अनुगमन गरिरहेको कृषि शाखाले जनाएको छ ।

Previous Post

कांग्रेसले आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाउँदै

Next Post

जुविङमा विलिडङ इलेक्ट्रीसियन सम्बन्धी तालिम सकियो, कोटा भन्दा बढीको सहभागिता

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly