पौष १९, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर स्थित थर्पुडाँडा माविका विद्यार्थिलाई ट्रयाक सुट वितरण गरिएको छ । शुक्रबार विद्यालयका ८८ जना विद्यार्थीलाई हाम्रो टिम नेपालले ट्रयाक सुट वितरण गरेको हो ।
केपिलासगढी गाउँपालिका–५ का वडा अध्यक्ष हिमाल भक्त राईको प्रमुख आतिथ्यता तथा विव्यस अध्यक्ष रुपलाल राईको अध्यक्षतामा एक औपचारिक कार्यक्रमका बिच विद्यार्थीहरुलाई जाडोबाट बच्न एकएक जोर ट्रयाक सुट वितरण गरिएको हाम्रो टिम नेपालका कार्यक्रम संयोजक उमेश बोहोराले बताउनुभयो ।
जाडो मौसममा न्यानो कपडाले बालबालिका निरन्तर विद्यालय जाने वातावरण बनाउन साथै उनीहरूको स्वास्थ्य सुरक्षाका लागि राहत पुग्ने विश्वास राखिएको उहाँको भनाई छ । प्रधानध्यापक ज्ञानु राईले चिसो मौसममा विद्यार्थीहरुलाई ट्रयाक सुट उपलब्ध गराइएको खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापनसमेत गर्नुभएको छ ।
Discussion about this post