पौष १९, सोलुखुम्बु । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले सुबेदी कृषि फर्मलाई डेढ लाख बढीको कृषि सामाग्री वितरण गरेको छ । जिल्लाको लिखुपिके गाउँपालिका वडा नम्बर ४ का उत्कृष्ट अलैची किसान विरबहादुर कार्कीलाई प्रोत्साहन स्वरुप १ लाख ५० हजार बराबरको कृषि सामाग्री वितरण गरेको हो ।
कार्यालयको आर्थिक बर्ष २०८१/०८२ को उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रम अन्तर्गत विभिन्न कृषि समाग्री वितरण गरिएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुका निमित्त प्रमुख दुर्गा बहादुर तिरुवाले बताउनुभयो । स्थानीय किसानलाई व्यावसायिक कृषि क्षेत्रमा आकर्षित गर्नका लागि कृषि उपकरण वितरण गरिएको उहाँको भनाई छ । उहाँले किसानलाई कृषि उपकरणको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
Discussion about this post