पौष २०, सोलुखुम्बु । नेकपा एमाले खुम्बु पासाङल्हामु गाउँपालिका कमिटीको दोश्रो पालिका अधिवेशन सम्पन्न भएको छ । शुक्रबार खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ लुक्लामा सम्पन्न अधिवेशनले लाक्पाछिरी शेर्पाको अध्यक्षतामा २७ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा पेम्बा नुरु शेर्पा, सचिवमा आङ नुरु शेर्पा, उपसचिवमा ङवाङ जाङमु शेर्पा र महाप्रसाद राई चयन हुनुभएको छ । त्यस्तै दोश्रो गाउँपालिका अधिवेशनकै क्रममा ११ सदस्यीय अखिल नेपाल महिला संघ खुम्बु पासाङल्हामु गाउँपालिका कमिटी समेत गठन गरिएको छ । कमिटीको अध्यक्षमा ङवाङ जाङमु शेर्पा चयन हुनु भएको छ । कमिटीको उपाध्यक्षमा मिनाफुटी शेर्पा, सचिवमा उमा बराइली, कोषाध्यक्षमा पासाङ दिकी राई र उपसचिवमा ङिमायाङजी शेर्पा रहनुभएको छ ।
नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटीका सचिवालय सदस्य लाक्पा ग्याल्जेन शेर्पाको अध्यक्षता एवं नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा अधिवेशन कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अधिवेशनमा नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा, नेकपा एमाले कोशी प्रदेश कमिटी सचिवालय सदस्य एवं कोशी प्रदेश खानेपानी, सिंचाई तथा उर्जा मन्त्री एकराज कार्की,नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य बुद्धिकुमार राजभण्डारी, नेकपा एमाले सोलुखुम्बु जिल्ला कमिटी अध्यक्ष डुफ कुमार बास्तोला, उपाध्यक्ष आशकुमार राई, सचिव कल्पना राई, उपसचिव मिङमा छिरी शेर्पा लगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post