पौष २१, सोलुखुम्बु । नेकपा एमालेले सोताङ गाउँपालिकामा वडा अधिवेशनलाई तिव्रता दिएको छ । शनिबारबाट गाउँपालिका कमिटीले वडा अधिबेशनलाई तिव्रता दिएको हो । हिजो सोताङ गाउँपालिका १ नम्बर वडा कमिटीको अध्यक्षमा प्रकाश राई चयन भएका छन् ।
कोशी प्रदेश कमिटी सदस्य तथा पालिका ईन्चार्ज पार्वती राईको प्रमुख आतिथ्यमा सम्पन्न अधिबेशनले राईको अध्यक्षतामा २६ सदस्यीय वडा कमिटी गठन गरिएको गाउँपालिका कमिटी अध्यक्ष धन कुमार बिश्वकर्माले जानकारी दिनुभयो ।
नेकपा (एमाले) सोताङ गाउँपालिका कमिटीको पौष २० गतेको निर्णय अनुसार २० गते १ नम्बर वडामा अधिबेशन गरिएको छ, भने २१ गते २ नम्बर वडा, २२ गते ३ नम्बर वडा, २३ गते ५ नम्बर वडा र २४ गते ४ नम्बर वडामा अधिबेशन गर्ने कार्यतालिका रहेको अध्यक्ष बिश्वकर्माले जानकारी दिनुभयो ।
अधिबेशनमा पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला कमिटी सदस्यहरूको विशिष्ठ आतिथ्य सोताङ गाउँपालिका पार्टी अध्यक्ष धन कुमार विश्वकर्मा, सचिव मिलन नाछिरिङ लगायत विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु को उपस्थितिमा सम्पन्न भएको छ ।
Discussion about this post