पौष २१, सोलुखुम्बु । खोटाङको जन्तेढुङ्गामा आगलागीबाट ९४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार जिल्लाको जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर ३ काहुलेका गणेश राईको घरमा आगलागी हुँदा उक्त रकम बराबरको क्षति भएको हो । आइतबार बिहान १० बजे आसपास राईको ढुङ्गा माटोले बनेको २ तले मतानका आगलागी हुँदा मतान भित्र भएको सरसामान जल्दा उक्त क्षती भएको प्रहरीले जनाएको छ । आगलागीबाट राईको मतानमा रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात लगायत पूर्ण रुपमा जलेको छ । आगलागीको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरी टोली पुगेर आगलागी नियन्त्रणमा लिएको थियो । बिहान १० बजेबाट सुरु भएको आगलागी प्रहरी र स्थानीयको सकृयतामा १ घण्टा पछि नियन्त्रणमा लिएको थियो ।
पहिलो हाफ : नेपाल र म्यानमार २/२ गोलको बराबरीमा
फागुन ११, सोलुखुम्बु । चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनशिप फुटबलमा नेपाल र म्यानमारबीचको खेलको पहिलो हाफ सकिँदा २–२ गोलको बराबरी भएको...
Discussion about this post