पौष २१, सोलुखुम्बु । बुबाको कुटाइबाट गम्भीर घाइते सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं.३ चपराडाँडा निवासी एक जनाकोे उपचारका क्रममा मृत्यु भएको छ । बुबा अंन्दाजी बर्ष ७६ को डोमान सिंह सार्कीको कुटाइबाट गम्भीर घाइते भएका निजकै छोरा अन्दाजी बर्ष ४९ को माईला भन्ने लिला बहादुर पुर्कोटी सार्कीको हेटौंडा अस्पताल हेटौडामा उपचारका क्रममा मृत्यु भएको बागमति प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
शनिवार राति ८ः४५ बजे डोमान सिंह सार्कीले घरायसी वादविवाद हुदाँ फलामको गलले लिला बहादुरको टाउकोमा र ढाँडमा प्रहार गरी घाईते बनाएको घाईतेलाई उपचारको लागी हेटौँडा तर्फ पठाईएकोमा मृत्यू भएको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते लिलाको राति १०;३० बजे हेटौंडा अस्पतालका चिकित्सकबाट मृत्त घोषणा गरेको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाबुलाई प्रहरीले गल र कोदालो सहित नियन्त्रणमा लिई कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
Discussion about this post