पौष २२, खोटाङ । रेडियो एभरेष्टले सहजिकरण गरेको पालिका बहस कार्यक्रम खोटाङको ऐसेलुखर्क गाउँपालिकाको वडा नम्बर ७ माक्पामा सम्पन्न भएको छ । वडा कार्यालय माक्पाको आयोजनामा सम्पन्न पालिका बहस कार्यक्रममा माक्पाका जनताले राखेका जिज्ञासाको जवाफ वडा अध्यक्ष अरुण राईले दिँदै कार्यक्रम सम्पन्न भएको हो । गाउँपालिकाका पूर्व अध्यक्ष विश्वनाथ निरौला तथा पूर्व वडा अध्यक्ष फुल कमल राई सहितको उपस्थीतिमा सम्पन्न पालिका बहस कार्यक्रममा ५० औँ माक्पाली जनताको उपस्थीति रहेको थियो । कार्यक्रममा माक्पाली नागरिकले पछिल्लो वडा सरकारले गरिरहेका विकास निर्माण लगायत विषयमा जिज्ञासा राखेका थिए । नागरिकले राखेका जिज्ञासामा वडा अध्यक्ष राईले जवाफ दिनुभएको छ ।
अध्यक्ष राईले माक्पाको सर्वाङ्गीण विकासमा आफू निरन्तर लागीपरिरहेको बताउनुभएको थियो । नागरिकहरुले वडामा भएका समस्याको विषयमा अध्यक्ष राईलाई राखेका जिज्ञासालाई सम्बोधन गर्दै उहाँले यथासम्भव समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा उहाँले सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तरको विषयमा चिन्ता व्यक्त गर्दै विज्ञहरुको सल्लाह सुझाव लिएर समस्याको समाधानमा जोड दिने बताउनुभएको थियो । समग्रमा अध्यक्ष राईले चुनावताका आफूले जनता विचमा गरेका प्रतिबद्धता ५० प्रतिशत बढी पूरा गरिसकेको भन्दै बाँकी कार्यकालमा अधुरा प्रतिबद्धता पूरा गर्ने बताउनुभयो । उहाँले पालिका, प्रदेश र केन्द्र सरकारबाट वडासरकारलाई बाँडफाँड भएर आउने बजेटको आकारको तुलनामा नागरिकका आशा र अपेक्षा बढी हुने भन्दै एकैपटक सबै काम गर्न असम्भव हुने भएपनि क्रमशः गर्दै जाने बताउनुभएको छ
Discussion about this post