पौष २२, सोलुखुम्बु । नेकपा एमाले सोताङ गाउँपालिका वडा नम्बर तीनको वडा कमिटीको अध्यक्षमा नेत्र बस्नेत चयन हुनुभएको छ । गाउँपालिका कमिटीले वडा अधिवेशनबाट बस्नेतको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको गाउँपालिका प्रचारप्रसार विभाग संयोजक मनोज तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनको क्रममा गंगा देवी खत्रीको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल महिला संघ वडा कमिटी तथा जीवन राईको अध्यक्षतामा ९ सदस्यीय युवा संघ गठन गरिएको छ ।
यस्तै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्नु हुने पार्वती कार्की, सलिन राईलाई स्वागत गरिएको छ । वडा अधिवेशनमा कोशी प्रदेश कमिटी सदस्य तथा पालिका ईन्चार्ज पार्वती राई, पार्टीका जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला कमिटी सदस्यहरूको विशिष्ठ आतिथ्य सोताङ गाउँपालिका पार्टी अध्यक्ष धन कुमार विश्वकर्मा, सचिव मिलन नाछिरिङ लगायत विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताहरुको उपस्थितिमा रहेको थियो । नेकपा (एमाले) सोताङ गाउँपालिका कमिटीको निर्णय अनुसार भोलि २३ गते ५ नम्बर वडा र २४ गते ४ नम्बर वडामा अधिबेशन गर्ने कार्यतालिका रहेको जनाइएको छ ।
Discussion about this post