पौष २३, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा यस बर्षकै पहिलो हिउँदे बर्षा भएको छ । मंगलबार बिहानैदेखि मौसममा बदली आएसँगै साँझदेखि हल्का वर्षा भएको हो । हिउँदमा वर्षा र हिमपात नहुँदा सिँचाइको अभावले चिन्तित बनेका कृषकहरूले राहत महसुस गरेका छन् । हिउँदे बालीको उत्पादन घट्ने चिन्तामा परेकाहरू आकासे पानी परेसँगै उत्साहित भएका हुन् ।
Discussion about this post