पौष २३, सोलुखुम्बु । सोलुखुम्बुको उच्च पहाडी भू भागमा बर्षा तथा हिमपात सुरु भएसँगै सोलुखुम्बु प्रहरीले “चालक सँग २ मिनेट कार्यक्रम” सुरु गरेको छ । बर्षा सहितको हिमपातपछि सडक हिलाम्मे हुने भएकाले सुरक्षित यात्राका लागी सवारी चालक सँग “चालक सँग २ मिनेट कार्यक्रम” सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला भित्रिने मुख्य नाका पत्तालेसहितका क्षेत्रमा प्रहरीले सुरक्षित यात्राका लागि उक्त कार्यक्रम सुरु गरेको हो । पत्ताले नाकाबाट भित्रिने र बाहिरिने सबै चालकहरुलाई रोकेर सुरक्षित यात्राबारे सचेत गराउने कार्य सुरु गरिएको हो ।
Discussion about this post