पौष २३, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ लाफ्ला स्थित सूर्यदय आविको भवन पूर्ण रुपमा क्षति पुगेको छ । ढुगां माटो र काठले बनेको टिनको छानो भएको १ तले २ कोठे भवनको झयालको छेउको वालमा र पछाडि पट्टीको वा चर्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । घटनापछि प्रहरी चौकी सुकेपोखरीबाट मुक्ली र थाम्बुचेबाट घटनास्थलमा प्रहरी टोली खटाइएको छ । मङ्गलबार बिहान ६ बजेर ५० मिनेटमा चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Discussion about this post