पौष २३, सोलुखुम्बु । अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धावक अर्जुन कुलुङको पहलमा अन्य धावकहरु सरसफाई अभियानमा जुटेका छन् । गत शनिबार काठमाडौँको बुढानिलकण्ठदेखि गोकर्णसम्म करिब १ सय किलोमिटरसम्म सरसफाइ अभियानमा जुटेका हुन् । गन्तव्यमा हाइकिङ सहित सरसफाइ गर्ने गरेको र पदमार्गलाई सफा राख्नुपर्छ भन्ने उदेश्यले सरसफाई गरिएकाृ धावक कुलुङले जानकारी दिनुभयो । उक्त पदमार्गमा झण्डै १० बोरा फोहोर सफाइ गरेको छ ।
संकलित फोहोर उचित ठाउमा व्यावस्थापन गरेको कुलुङको भनाई छ । बिहान करिब ४ घण्टा लगाएर विभिन्न प्लास्टिकजन्य फोहोरहरु चाउचाउको खोल,चक्लेट बिस्कुटको खोल लगायतका फोहोरहरु संकलन गरेर गोकर्णमा जम्मा गरि पोलेर व्यवस्थापन गरेका छन् । सोहि सरसफाइको अवसरमा अन्तर्राष्ट्रिय अल्ट्रा ट्रेल धावक अर्जुन कुलुङले आफ्ना सबै रनर साथीहरूलाई रनिङ गियर्स समेत वितरण गरेका छन् ।
Discussion about this post