पौष २३, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिकाको ५ वटै वडामा नेकपा एमालेको बुधबार वडा अधिवेशन सम्पन्न भएको छ । नेकपा (एमाले) सोताङ गाउँपालिका कमिटीको पौष २० गते गरिएको निर्णय आ बुधबार पाँच वटै वडामा अधिवेशन सम्पन्न भएको गाउँपालिका प्रचारप्रसार विभाग संयोजक मनोज तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार वडा नं १ कमिटीका अध्यक्ष प्रकाश राईको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन, ईन्द्रलाल राईको अध्यक्षतामा २१ सदस्यीय नेकपा एमाले सोताङ २ नं वडा कमिटी, नेत्र बस्नेत को अध्यक्षतमा १५ सदस्यीय नेकपा एमाले सोताङ ३ नं वडा कमिटी, मनोज तामाङको अध्यक्षतमा १७ सदस्यीय नेकपा एमाले सोताङ ५नं वडा कमिटी र आज सोताङ ४ मा राजु राईको अध्यक्षतामा सम्पन्न अधिवेशनले नवीन राईको अध्यक्षतामा १८ सदस्यीय नेकपा एमाले सोताङ ४ नं वडा कमिटी सर्व सहमत चयन गरिएको छ ।
पार्टीले अधिवेशनकै क्रममा अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ र बाकी रहेका विद्यालयमा अनेरास्ववियु प्रारम्भिक कमिटी पनि गठन गरिएको हो । उक्त अधिवेशन प्रदेश कमिटी सदस्य सोताङ गाउँपालिका पार्टी ईन्चार्ज पार्वती राईको प्रमुख आतिथ्य, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य, जिल्ला कमिटी सदस्यहरु, पार्टीका जिल्ला सल्लाहकार परिषद्का अध्यक्ष, जिल्ला लेखा कमिटी उपाध्यक्ष गाउँ पार्टीका अध्यक्ष सचिव विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
Discussion about this post