पौष २३, सोलुखुम्बु । ओखलढुगांको खिजिदेम्बा गाउँपालिकाले ६० जनालाई नि : शुल्क लोक सेवा तयारी कक्षा दिने भएको छ । गाउँपालिकाले आर्थिक बर्ष २०८१/०८२ को स्वीकृत बार्षिक कार्यक्रम मार्फत पालिका भित्रका ६० जना नागरिकहरुलाई नि : शुल्क तयारी कक्षा दिईने गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले तालिम सञ्चालन गरिने उहाँको भनाई छ ।
तयारी कक्षाको लागि विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको प्रमुख प्रशासकिय अधिकृत गौरवराज के.सीले बताउनुभयो । पढेका युवा बेरोजगार हुँदा पढेर मात्रै के गर्ने भन्ने बुझाई युवामा आउन थालेको भन्दै सरकारी सेवामा प्रवेशका लागि सहयोगी बन्न कक्षा सञ्चालन गरेको उहाँले उल्लेख गर्नुभयो । पालिकाले मंसिर १४ गते देखि पौष ७ सम्म उम्मेदवार छनौट गरेको थियो । यस्तै छनौट भएका उम्मेदवारलाई आवास सुविधा उपलब्ध गराउने हुदाँ आवास सुविधा लिन उम्मेदवारहरुले माघ ६ गते भित्र स्वयम कार्यालय उपस्थित हुन आग्रह गरिएको छ ।
Discussion about this post