पौष २३, सोलुखुम्बु । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न भएको छ । बुधबार पालिका अध्यक्ष मिना कार्की बस्नेतको अध्यक्षतामा १४ औं गाउँसभा सम्पन्न भएको हो । अधिवेशनमा पालिकाको चालू आर्थिक वर्ष २०८१/०८२ का लागि विजियोजित बजेट र नीति तथा कार्यक्रमको प्रगति तथा छलफल गरिएको सुचना प्रविधि शाखाका सूचना प्रविधि अधिकृत प्रमिला कार्कीले जानकारी दिनुभयो ।
Discussion about this post