पौष २५, सोलुखुम्बु । सगरमाथा पर्यटन सडक अन्तरर्गत छिर्दिघाटमा मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका र माप्य दुधकोशी गाउँपालिकाको सिमानामा रहेका छिर्दिघाटमा मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
सोलुदुधकुण्ड नगरपालिकाको बिषेश पहलमा आर्थिक बर्ष २०७६/०७७ मा भ्याट सहित ७ करोड ६ लाख लागतमा सम्झौता गरी निर्माण कार्य अगाडी बढाइएको थियो । उक्त मोटरेबल पुल ५५ मिटर लम्बाई, ११ मिटर चौडाईको निर्माण भईरहेको सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले जानकारी दिनुभयो । महादेव खिम्ती जेभिले निर्माण कार्य सम्पन्न गरेसँगै उद्घाटन गरिने उहाँको भनाई छ । नेपालमै कम बनेको अत्यन्तै गुणस्तरीय मोटरेबलमा पर्ने पुल निर्माण गरिएको मेयर शेर्पाले दाबी गर्नुभएको छ ।
Discussion about this post