पौष २५, सोलुखुम्बु । सिन्धुलीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । मरिण गाउँपालिका.वडा नम्बर १ भदौरेकी ३० वर्षीया मंगली माया राना ( आले) को लडेर मृत्यु भएको अवस्थामा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जनाएको छ ।
बुधवार घरबाट श्री आधारभुत बिद्यालय भदौरेको कार्यालय सहयोगी राना बुधवार स्कुल जान घरबाट हिडेकोमा स्कुल समेत नपुगी बेलुका सम्म घर नफर्केपछी निजको आफन्त लगायत स्थानियहरुले खोजतलास गर्दै जाने क्रममा भदौरे मोटर कच्ची सडक देखी अंन्दाजी ७० मिटर तल झरी मुत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Discussion about this post