पौष २५, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ५ गार्खिमका इन्द्र बहादुर कार्कीले नेकपा एमाले परित्याग गरि नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । लामो समयदेखि एमालेमा सक्रिय रहनु भएको उहाँ एमालेमा योगदान र क्षमताको कदर हुन नसकको भन्दै काँग्रेसमा प्रवेश गर्नुभएको हो ।
बिहिबार उँहालाई सोताङ गाउँपालिका अध्यक्ष एवं नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि खिलराज बस्नेतले सदस्यता हस्तारण गर्नुभएको छ । त्यस्तै काँग्रेस युवा नेताहरु बिशाल नाछिरिङ राई, प्रमोद राई, बिमल बस्नेत, नेता कविता नाछिरिङ बस्नेत लगायतले नेपाली काँग्रेस पार्टीमा भव्य स्वागत गरेका छन् ।
Discussion about this post