पौष २५, सोलखुम्बु । ओखलढुगांको खिजिदेम्बा गाउँपालिकाले सहकारी संस्थाहरुलाई बार्षिक प्रतिवेदन बुझाउन आग्रह गरेको छ । गाउँपालिकाले बिहिवार एक सूचना जारी गर्दै साता दिन भित्र गाउँपालिकाको क्षेत्राधिकार भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुलाई यस्तो आग्रह गरेको हो ।
पालिकाको सहकारी ऐन, २०७५ को परिच्छेद १७, दफा ७४ बमोजिम सहकारी संस्थाहरुले आर्थिक बर्ष समाप्त भएको तीन महिना भित्र आफ्नो बार्षिक प्रतिवेदन पेश गर्नुपर्ने व्यवस्था रहेको छ । तर कतिपय सहकारी संस्थाहरुले हाल सम्म उक्त प्रतिवेदन पेश नगरेकाले बार्षिक प्रतिवेदन पेश गर्न आग्रह गरिएको खिजिदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो । प्रतिवेदनबाट नागरिकहरुको सल्लाह सुझाव र गुनासोलाई सम्बोधन गरिने अध्यक्ष शेर्पाको भनाई छ । यदि समयमा नै प्रतिवेदन पालिकामा पेश नगरेको खण्डमा कारबाहिको प्रक्रया अगाडी बढाइने गाउँपालिकाले जनाएको छ ।
Discussion about this post