पौष २५, सोलुखुम्बु । खोटाङको केपिलासगढी गाउँपालिका–५ सप्तेश्वर स्थित थर्पुडाँडा माविका पूर्व शिक्षक ददिपेन्द्र निरौलाले पेन्सन मार्फत अक्षयकोष स्थापना गर्नुभएको छ । बिहिवार विद्यालयका विद्यार्थीहरुको शैक्षिक उन्नतिका लागि आफ्नो पहिलो महिनाको पेन्सन उपलब्ध गराएर अक्षयकोष स्थापना गर्नुभएको हो ।
उहाँले आज २१ हजार रुपैयाँ रकम अक्षयकोष जम्मा गर्दै आगामी दिनहरुमा समेत सहयोग गर्दै जाने बताउनुभयो । करिब १२ बर्ष सम्म उक्त विद्यालयमा अध्यापन गराएर ठुलो योगदान पुर्याएकोमा निरौलालाई सहयोगका लागि थर्पुडाँडा माविका प्रधानध्यापक ज्ञानु राईले आभार प्रकट गर्नुभएको छ ।
Discussion about this post