जेठ ४, साेलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ४ मा बर्थिङ सेन्टर सञ्चालन आउने भएको छ । वडाबासीलाई गाउँमै सुरक्षित प्रसूति सेवा उपलब्ध गराउन वडाले स्वास्थ्य चौकीमा ‘बर्थिङ सेन्टर’ सञ्चालन गर्ने भएको हो ।
संघीय सरकारको ३५ लाख विनियोजित बजेट मार्फत करिब १ महिनाबाट बर्थिङ सेन्टर निमार्ण भइरहेको थुलुङ दूधकोशी गाउँपालिका वडा नम्बर ४ वडा अध्यक्ष श्याम कुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार बर्थिङ सेन्टर निर्माण भइसकेपछि वडा बासीलाई प्रसूति गराउन थुलुङ दूधकोशी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको हो । उक्त बर्थीङ सेन्टर चालु आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गरी सेवा सुचारु गरिने वडा अध्यक्ष गुरुङले जानकारी दिनुभएको छ ।
Discussion about this post