पौष २८, सोलुखुम्बु । चिसो बढेसँगै उदयपुरका विभिन्न ठाँउमा आगो ताप्ने व्यवस्था गरिएको छ । यो बर्षकै सवै भन्दा बढी चिसो भएको भन्दै इलाका प्रहरी कार्यालय कटारीद्धारा विभिन्न ठाँउमा आगो ताप्ने व्यवस्था गरिएको हो । प्रहरीले विभिन्न ठाउँमा दाउरा पुर्याउँदै नागरिकका लागि आगो ताप्ने व्यवस्था मिलाएको बताइएको छ । चिसोले बालबालिका, वृद्धवृद्धा, रोगी बढी प्रभावित भएका छन् । यस्तै, बाहिर श्रम गर्ने श्रमिक जस्तै ठेला, रिक्सा, सफारी चालक, निर्माण क्षेत्रका श्रमिकहरु पनि प्रभावित भएका छन् ।
Discussion about this post