Friday, July 17, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

स्थानीय सरकारलाई भुगोलका आधारमा बजेट दिन सोलु र रामेछापका जनप्रतिनिधिको माग

सशर्त बजेट घटाएर सामान्यीकरण अनुदान बढाउन दबाब

Radio Everest by Radio Everest
January 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

पौष २८, सोलुखुम्बु । स्थानीय सरकारकालाई भुगोलका आधारमा बजेट दिन र रोयल्टी बढाउन सोलुखुम्बु र रामेछापका जनप्रतिनिधिहरुले माग गरेका छन् । २ जिल्लाका जनप्रतिनिधिका लागि राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सदरमुकाम सल्लेरीमा राखेको रोयल्टी रकम बाँडफाँड पुनरावलोकनका लागि सुझाब संकलन कार्यक्रममा उनीहरुले प्राकृतिक श्रोतबाट उठ्ने रोयल्टीको ५० प्रतिशत हिस्सा स्थानीय सरकारले पाउनु पर्ने माग अघि सारेका हुन् । अयोगका अध्यक्ष बालानन्द पौडेल र सदस्य द्वय विपिनराज निरौला र जुद्धबहादुर गुरुङको उपस्थितिमा भएको कार्यक्रममा जनप्रतिनिधिहरुले हिमाल तथा पहाडका जिल्लाहरुमा स्थानीय तहको भुगोल ठूलो हुने र विकासका पुर्वाधार सबै तिर पु¥याउनु पर्ने भएकाले जनसंख्याका आधारमा नभई भुगोलका आधारमा बजेट निर्धारण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सो क्रममा जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले प्राकृतिक श्रोतबापत उठेको रायेल्टीको अहिले संघ र प्रदेशमा ठूलो हिस्सा गएको भन्दै अब पुनरावलोकन गर्दा स्थानीय तहलाई कम्तिमा ५० प्रतिशत रकम पठाउन माग गरेका छन् । हाल वित्त आयोगले रोयल्टी बापतको रकमको ५० प्रतिशत संघमा र २५–२५ प्रतिशत क्रमश प्रदेश र स्थानीय तहमा बाँडफाँड गर्दै आएको छ । कार्यक्रममा सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले वित्तिय संघियताको असलि कार्यान्वय नभएको भन्दै हालको श्रोत वितरणमा विभेद भएको बताउनुभयो । उहाँले काठमाण्डौ महानगर र दुर्गम सोलुका पालिकालाई अनुदान पठाउने एउटै मापदण्ड हुनु नहुने सुझाब राख्नुभयो । त्यस्तै थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राईले भुगोलको आधारमा अनुदान दिनुपर्ने भन्दै राज्यले सशर्त अनुदान बढाएर समान्यीकरण अनुदान घटाउँदै लगेकोमा आपत्ति जनाएका छन् । अध्यक्ष राईले पर्यटन र जलविद्युतको रोयल्टी जिल्लाका सबै स्थानीय तहलाई समान रुपमा वितरण गर्नुपर्ने विचार ब्यक्त गर्नुभयो । नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राईले श्रोत बाँडफाँडमा राज्यले चरम अन्याय गरेको भन्दै सशर्त अनुदान घटाउन साथै हिमाल, विद्युत र बनको रोयल्टी स्थानीय तहलाई ५० प्रतिशत दिन माग गर्नुभयो ।

महाकुलुङ गाउँपालिकाका अध्यक्ष सुर्यबहादुर कुलुङले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतको हिमालको रोयल्टी जिल्लाका ८ वटै स्थानीय तहले पाउनु पर्ने माग राख्नुभयो । रामेछापको उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले विकास कम भएको क्षेत्रमा बढी बजेट पठाउने निति बनाउनु पर्ने भन्दै प्राकृतिक श्रोत जोगाउने र संरक्षण गर्ने दायीत्व स्थानीय सरकारको भएको भन्दै स्थानीय तहलाई आधा भन्दा बढी रोयल्टी दिनु पर्ने दाबी गर्नुभएको छ । खुम्बु पासाङल्हमु गाउँपालिकाका कार्यपालिका सदस्य लाक्पा गेल्जेन शेर्पाले शसर्त अनुदान ब्यवहारिक नभएको बताउनुभयो । सो क्रममा संघिय सरकारका पुर्व मुख्य सचिव डा. सोमलाल सुवेदीले सशर्त अनुदानमा स्थानीय सरकाकारको आवश्यक्ता र योजना नसमेटिएको भन्दै यसको ब्यवस्था पुनरावलोकनमा जोड दिनुभयो ।

वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले अन्तर सरकार वित्त ब्यवस्थापन ऐन २०७४ ले प्रत्येक ५ बर्षमा रोयल्टी र राजश्व बाँडफाँडको मापदण्ड परिमार्जन गर्ने ब्यवस्था गरेको भन्दै आयोगको गृहकार्यमा लागेको बताउनुुभयो । उहाँले खर्चको आवश्यक्ताको आधारमा रोयल्टी बाँडफाँडको ब्यवस्था गर्ने सशर्त अनुदान घटाउन पहल गर्ने बताउनुभयो । साथै उहाँले स्थानीय तहहरुले प्रशासनीक खर्च घटाउनु पर्नेमा जोड दिनुभयो । सो क्रममा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पा, नेचासल्यान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विशाल घिमिरे, उमाकुण्ड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत अभिनय अधिकारी, सोताङ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीध्वज राई लगायतले धारणा राखेका थिए ।

Previous Post

जिल्ला प्रशासन कार्यालय सोलुद्धारा ६ महिनामा ९ जनालाई गैरआवासीय नेपाली नागरिकता वितरण

Next Post

हिमालयन एथ्निक गायन प्रतियोगिता २०२४ मा फुटी शेर्पाको उत्कृष्ट प्रदर्शन

Related Posts

सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
0
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
0
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा र चट्याङको जोखिम

Discussion about this post

Everest Highlights

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

आज साउने संक्रान्ति : परम्पराअनुसार लुतो फाल्दै रोगबाट बच्ने विश्वास

July 17, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सवारी कारवाहीबाटै ३१ लाख बढी राजस्व संकलन

 सोलुमा एक वर्षमा १२ सय बढी सवारी साधनलाई कारवाही, करिव १५ लाख राजस्व सङ्कलन 

July 17, 2026
सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

सोलुखुम्बु जिल्ला अदालतमा न्यायाधीश परिवर्तन, बसन्तराज जोशी आउने

July 17, 2026
भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

भुङ्गारा–खोला मोटरेबल पुलछेउ सडक मर्मतः निश्चित समयमा मात्र सवारी आवागमन

July 17, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly