पौष २८, सोलुखुम्बु । हिउँका कारण सोलुखुम्बुको लामाजुरा क्षेत्रको भित्री सडक खण्ड अवरुद्ध भएको छ । जिल्लाको लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामाजुरा सम्मको करिब २ किलोमिटर सडक खण्डमा हिमपात पछि सल्लेरीबाट किन्जा जाने सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
उक्त क्षेत्रमा परेको हिउँ नपग्लिँदा गाडी दौडाउनै मुस्किल परेको जिल्ला प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट किन्जा जाने भित्री सडक खण्ड अवरोध भएको जानकारी प्राप्त हुन साथ प्रहरी चौकी किन्जाबाट प्रहरी सहायक निरीक्षक मोहन प्रसाद अधिकारीको कमाण्डमा खटि गई ठाउँठाउँमा हिँउ पन्छ्याउने काम भइरहेको छ । निरन्तर वर्षासँगै हिमपात भइरहेकाले नागरिकलाई सचेत रहन प्रहरीले आग्रह गरेको छ ।
Discussion about this post