पौष २९, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा पाठेघर सम्बन्धी २ दिने नि : शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । मानव अधिकार शान्ति र विकाश मन्च नेपालको आयोजना तथा नेचासल्यान गाउँपालिकोको समन्वयमा आउँदो माघ ४ र ५ गते शिविर सञ्चालन गरिने भएको हो ।
महिलाको स्वास्थ्य सुधार भएमात्रै परिवार र समाजको स्वास्थ्य सुधार हुने भएकाले शिविर आयोजना गर्न लागेको प्रमुख प्रशासकिय अधिकृत विशाल घिमिरेले जानकारी दिनुभयो । अझैपनि गाउँघरमा महिलाहरु प्रजनन् र यौन सम्बन्धिका समस्याहरु लुकाउने गरेको र परिवारमा खुलेर नभन्ने, उपचारको लागि अपस्ताल नजानेजस्ता समस्या रहेकाले शिविर प्रभावकारी हुने घिमिरेले विश्वास व्यक्त गर्नुभयो ।
कम उमेरमा विवाह गर्ने, खानपान तथा सरसफाइमा ध्यान नदिने, धेरै जनासँग यौनसम्बन्ध राख्ने, धेरै बच्चा जन्माउने र रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुमा पाठेघर क्यान्सरको जोखिम बढी हुने चिकित्सकहरुले बताएका छन् । उक्त शिविर नेचा अस्पताल थुम्कीमा दुई दिने शिविर सञ्चालन गरिने सहकर्मी सोभित ढुगेंलले जानकारी दिनुभयो ।
Discussion about this post