माघ ३, सोलुखुम्बु । सोलुखुम्बुको खुम्ब पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ फोर्चेमा क्लाङमिङ तालिम सञ्चालन गरिएकोछ । खुम्बु क्लाङमिङ सेन्टरको आयोजनामा बुधबारबाट तालिम सञ्चालन गरिएको खुम्बु क्लाङमिङ सेन्टरका अध्यक्ष फुनुरु शेर्पाले जानकारी दिनुभयो हिमाल चढ्दा अपनाउनु पर्ने सावधानी र सुरक्षाका बारेमा तालिममा जानकारी दिइएको जनाइएको छ । ४ जना महिला र ६३ जना पुरुष गरी ६७ जनाको सहभागीता रहेको तालिममा ७ विदेशीसहित ३० जना प्रशिक्षक रहेका छन् । तालिम माघ १६ गते सम्म जारी रहने भएको छ ।
Discussion about this post