माघ ५, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा पाठेघरको मुखको क्यानसर सम्बन्धी दुई दिने शिविर सम्पन्न भएको छ । मानव अधिकार शान्ति र विकास मन्च नेपालको आयोजना तथा नेचासल्यान गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको शिविर शनिबार सम्पन्न भएको हो । शुक्रबार र शनिबार नेचा अस्पतालमा भएको शिविरमा २८८ जना बढीलाई सेवा दिइएको नेचासल्यान गाउँपालिकाकी उपाध्यक्ष विना राईले जानकारी दिनुभयो । शिविरमा आएका महिलाको स्वास्थ्य परीक्षण गरी पाठेघरको स्क्रिनीङ्ग गरेकोमा १५ जना महिलाको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो । उनिहरुको चेकजाच पश्चात उपचार गरिएको नेचा अस्पतालले जनाएको छ ।
माप्यमा स्वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले लिए सेवा
बैशाख ६, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकामा वास्थ्य शिविरको पहिलो दिन २ सय बढी नागरिकले सेवा लिएका...
Discussion about this post