माघ ८, सोलुखुम्बु । पश्चिमी वायुको प्रभावका कारण कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्यून चापीय प्रणाली पनि रहेकाले आंशिकदेखि साधरणतया बदली रही उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा आज हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मुख्यतया मौसम सफा रहने महाशाखाको अनुमान छ । काठमाण्डौ उपत्यका तथा तराईका केही ठाउँमा अहिले हुस्सु लागेको छ । दिउँसो घाम लाग्दै जाँदा हुस्सु र कुहिरो पनि हट्दै जाने मौसमविद्ले बताएका छन् ।
सोलुखुम्बुमा पहिलो अन्तराष्ट्रिय सागा दावा रनिङ महोत्सव तथा कला उत्सव हुँदै
चैत्र ४, सोलुखुम्बु । सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा अन्तराष्ट्रिय सागा दावा रनिङ उत्सवको आयोजना हुने भएको छ । थेक्छेन पेमा छोलीङ...
Discussion about this post