माघ ८, सोलुखुम्बु । हावाहुरीले सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका ७ जोरबौद्धमा घरको छानो उडाएको छ । जोरबौद्धका पासाङ शेर्पाको ढुगांमाटोले बनेको टिनको छानो भएको एक तले घरमा लगातार चलिरहेको हावाहुरीले घरको छानो उडाएको हो । दिउँसो करिब ३ बजेको समयमा शेर्पाको घरको छानो पुर्ण रुपमा उडाएको जिल्ला प्रहरी कार्यालय सोलखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । अस्थाई प्रहरी पोष्ट दोर्पुमा जानकारी प्राप्त गएसँगै प्रहरीको टोलीले उडाएको छानो व्यवस्थापन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post